हिसानद्वारा प्रेसियस कलेज सम्मानित, कक्षा १२ मा शतप्रतिशत नतिजासहित शैक्षिक उत्कृष्टता कायम
हिसानद्वारा प्रेसियस कलेज सम्मानित, कक्षा १२ मा शतप्रतिशत नतिजासहित शैक्षिक उत्कृष्टता कायम

काठमाडौं । म्हेपी, बालाजुस्थित प्रेसियस नेशनल एकेडेमी एण्ड कलेज (PNAC) ले शैक्षिक उत्कृष्टताको आफ्नो निरन्तरतालाई कायम राख्दै यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। उत्कृष्ट नतिजा हासिल गरेपछि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) काठमाडौंले कलेजलाई सम्मान गरेको छ।कलेजका प्रिन्सिपल गोपिराज पराजुलीका अनुसार २०८२ सालको कक्षा १२ को वार्षिक परीक्षामा कलेजका सबै विद्यार्थी उत्तीर्ण भएका छन्। शतप्रतिशत नतिजासँगै विद्यार्थी अपेक्षा अधिकारीले ३.८६ जिपिए प्राप्त गर्दै उत्कृष्ट विद्यार्थीका रूपमा सम्मान प्राप्त गरेकी छन्। उत्कृष्ट शैक्षिक उपलब्धिका लागि हिसान काठमाडौंले कलेज र उत्कृष्ट विद्यार्थी दुवैलाई सम्मान गरेको हो।प्रिन्सिपल पराजुलीले प्रेसियस कलेजले गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, अनुशासित शैक्षिक वातावरण र विद्यार्थी केन्द्रित सिकाइका कारण हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक परिणामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।वि.सं. २०४२ मा स्थापना भएको प्रेसियस नेशनल एकेडेमी एण्ड कलेज काठमाडौंको म्हेपी, बालाजु रिङरोड नजिक (मनाङगेटमा)रहेको प्रतिष्ठित शैक्षिक संस्था हो। यहाँ प्लेग्रुपदेखि कक्षा १० सम्म विद्यालय तहको शिक्षा सञ्चालन हुँदै आएको छ भने +२ तहमा कम्प्युटर साइन्स, बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट र ह्युम्यानिटिज विषय अध्यापन गरिन्छ। साथै त्रिभुवन विश्वविद्यालयसँग आबद्ध बीबीएस (BBS) र बीए (BA) कार्यक्रम पनि सञ्चालनमा छन्।प्रेसियसले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि शतप्रतिशत नतिजा हासिल गर्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेको थियो। सो परीक्षामा विद्यालयकी छात्रा मल्लिका खनालले ४.०० जिपिए प्राप्त गरी उल्लेखनीय सफलता हासिल गरेकी थिइन्।त्यसैगरी, विद्यालयले काठमाडौं महानगरपालिकाको आधारभूत तह (कक्षा ८) परीक्षा २०८२ मा पनि उत्कृष्ट नतिजा हासिल गरेको थियो। कक्षा ८ का सबै विद्यार्थी उत्तीर्ण भएका थिए भने विद्यार्थीहरूले न्यूनतम ३.०९ जिपिए हासिल गरेका थिए।विद्यालयले लगातार एसईई, कक्षा ८ र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै गुणस्तरीय शिक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमै प्रमाणित गरेको छ।
